काठमाडौ, भदौ १५ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो कारोबार संचालनको दोश्रो वर्ष पुरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको हो ।
कार्यक्रममा कम्पनीका संस्थापक, संचालक, कर्मचारी, अभिकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमलाई सफल पार्नको लागि प्राविधिक रुपमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र तथा स्वास्थ्य शिविरको लागि सावित्री क्लिनिक एण्ड डाइग्नोष्टिक, मैतिदेविबाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।
कम्पनीले आगामीदिनहरुमा हरेक नेपालीलाई सुहाउँदो नयाँ नयाँ योजनाहरु ल्याई अझ व्यापक रुपमा आफ्नो उपस्थिति जनाउने लक्ष्य लिएको छ ।