बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एटिएम ह्याक गरेर रकम निकाल्ने पाँच जना चिनियाँ नागरिक पक्राउ

आइतबार, भाद्र १५ २०७६

काठमाडौ, भदौ १५ । एटिमए ह्याक गरेर रकम निकाल्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर टेकुुले उनीहरुलाई रकम निकाल्दै गर्दा काठमाडौको दरबारमार्गबाट पक्राउ गरेको हो  । 

प्रहरीका अनुसार दरबारमार्गमा रहेको नबिल बैंकको एटिएम काउन्टरबाट शंकास्पदरुपमा रकम निकाल्दै गर्दा उनीहरु पक्राउ परेका हुुन ।

पक्राउ परेका मध्ये एक जनालाई एटिएम काउन्टर हाताबाट पक्राउ गरिएको भएपनि बाँकी चार जनालाई भने अनुसन्धान कै क्रममा सोही क्षेत्रको मायाँ मनोहर होटलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकहरुको बारेमा आज आईतबार अपरान्ह दुई बजे पत्रकार सम्मेलन गरेर घटनाको सम्पुुर्ण जानकारी दिने तयारी भएको महानगरीय प्रहरी परिसर टेकुुका प्रवक्ता होविन्द्र बोगटीले बताएकाछन ।