बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यमबुद्ध फाउण्डेशनको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न

शुक्रबार, भाद्र १३ २०७६

काठमाडौं । चर्चित –यापर गायक स्व। यमबुद्धको स्मृतिमा शुक्रबार महेन्द्र भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । 

यमबुद्ध फाउण्डेशनले ललितपुरको जावलाखेल एकान्तकुनास्थित उक्त विद्यालय परिसरमा आयोजना गरेको गायन प्रतियोगिता कार्यक्रममा २३ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

गायन प्रतियोगितामा अनुग्रह ताङ्दो राई प्रथम, मनिषा गिरी द्धितीय र कृष्ण परियार तृतीय भए । फाउण्डेशनका अध्यक्ष अम्बिका प्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले गायन प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरुलाई प्रमाणपत्र र टिसर्ट वितरण गरे । 

कार्यक्रममा बोल्दै अम्बिका अधिकारीले आफ्नो छोरा गायक स्व यमबुद्धका सपना र योजनाहरुलाई देशैभरि अभियानका रुपमा सञ्चालन गर्दै लैजाने बताए ।

उनले यमबुद्ध हामी माझ नभएपनि उसले गरिब परिवारका विद्यार्थीहरुलाई गर्ने गरेको सहयोगलाई सधैं निरन्तरता दिईरहने प्रतिबद्धता जनाए । 

विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले यमबुद्ध धेरै युवाहरुको मन मनमा बसेको बताउँदै उनका सामाजिक कार्यहरुको सबैले प्रशंसा गर्नुपर्ने बताए । जोशीले यमबुद्धले युवाहरु माझ एक छुट्टै किसिमको छाप छोडेर गएको उल्लेख गरे ।  

त्यसैगरी अध्यक्ष अधिकारीले उक्त विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्र छात्राहरुलाई झोला र स्टेशनरी सामानहरु समेत वितरण गर्नुरिएको थियो । 
यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो ।