काठमाडौं, भदौ १३ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित मकवानपुर मनहरी गाउँपालिका २ पालदमार बस्ने ३७ वर्षीय वीर बहादुर लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, जनकपुर उपमहानगरपालिका १ जलादपुलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याब्लेट २ सय ४० पिस, स्पासमो प्रोक्सि ट्याब्लेट २४ पिस र कोरेक्स सिरफ ३ बोतल सहित जनकपुर उपमहानगरपालिका १ डेरा गरी बस्ने २५ वर्षीय सुभाष कुमार यादबलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।