बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिद्धार्थ बैंकको स्वतन्त्र संञ्चालकमा हसना शर्मा नियुक्त

शुक्रबार, भाद्र १३ २०७६

काठमाडौं, भदौ १३ । सिद्धार्थ बैंक लिमिटेडको यही भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालककारूपमा नियुक्त गरेको छ । 

शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालककोरुपमा कार्य गरिसकेको लामो अनुभव रहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८० एटिए र १,५०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।