बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुमारी बैंकले ल्यायो सारथीमा क्यूआर पेमेन्ट प्रविधि

बिहिबार, भाद्र १२ २०७६

काठमाडौं भदौ, १२–
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँंग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको छ । 

आधुनिक सूचना प्रविधिको प्रयोग गरीे दैनिक आवतजावत सहज बनाउनका लागी सारथीका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ ।

सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीहरूको आम्दानीलाई पनि तुरुन्तै सम्बन्धित बैंक खातामा जम्मा भई बचत हुने र उक्त निक्ष्ोपमा प्राप्त हुने ब्याजको समेत लाभ हुनेछ । यसैगरी, ग्राहकवर्गहरुले पनि बायोमेट्रिक लगईन मार्फत सुरक्षित, नगदरहित भुक्तानी गर्न सक्नेछन् । 

ग्राहक र चालक दुवैको सहजता र सुरक्षालाई मध्यनजर राख्दै सो सुविधा विस्तार गर्न लागिएको हो । सो पेमेन्टमा ग्राहकहरुले कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपका साथै फोनपे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट पनि सिधै भुक्तानी गर्न सक्नेछन् ।

बैंकले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास ब्याकको योजना पनि ल्याएको छ । उक्त योजना अनुरूप हरेक क्युुआर पेमेन्टको कारोबारमा चालकले १५ रुपैयाँसम्मको बोनस तथा ग्राहकले २० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । 
आफूलाई समसामयिक प्रविधिको अनुकरण गर्न सफल बैंकको रूपमा दर्शाउन सफल कुमारी बैंकले आफ्ना देशभर रहेका १०३ शाखा संजाल, ९३ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरु दिदैं आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।