बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

शनिबार, जेष्ठ २३ २०८३

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन्।

प्रहरीका अनुसार शुक्रबार राति भएको विवादका क्रममा थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि थापालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।