काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समिति भंग गर्दै नगरपालिकाले गठन गरेको नयाँ समितिलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ ।
अस्पतालमा अनियमितता बढेको नाममा नगरपालिकाले हस्तक्षेप गर्दै नयाँ समिति गठन गरेको थियो । नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा भक्तपुर क्यान्सर अस्पताल सञ्चालित छ ।
अस्पतालमा नगरपालिकाले हस्तक्षप गरेर नयाँ समिति गठन गरेपछि पुरानो समिति अदालतको ढोका ढक्ढकाउन पुगेका थियो । न्यायाधिश तेज बहादुर केसीको एकल इजलासले १५ दिनभित्र विपक्षीसंग नयाँ समिति बनाउनुको औचित्य सहित लिखित जवाफ मागेको छ ।
सर्वोच्चले विपक्षलाई १६ भदौमा पेसी तोकी उपस्थित हुन सूचना पनि जारी गरेको छ । नगरपालिकाको कार्यापालिका बैठकले मेयरको अध्यक्षतामा गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिद्धारा संचालन भएको कानुनी आधारमा नभएको ठहर गरेको हो । साथै, सर्वोच्चले पूर्व समितिको कार्यमा अवरोध नगर्न पनि आदेश जारी गरेको छ ।