शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भारतको आइपिएर तालिममा नेपाल प्रहरीका इन्स्पेक्टर खड्का उत्कृष्ट

बुधबार, भाद्र ११ २०७६

काठमाडौ । बाह्य प्रशिक्षार्थीका रुपमा प्रवेश गरेका नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा उत्कृष्ट भएका छन् । 

उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत हुनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त तालीममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी तीन विधामा पुरस्कार हासिल गर्न सफल भए । 

प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्विमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भए ।

पुरस्कृत प्रहरीलाई आगामी ७ भदौमा आयोजित कार्यक्रममा भारतका गृहमन्त्री अमित शाहले पुरस्कार प्रदान गरे ।

विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधामा उत्कृष्ट भएको हो । करीब दुईवर्ष लामो अवधि रहेको उक्त तालिम ६ महीनाको फिल्ड अट्याचमेन्टसहित दुई चरणमा सञ्चालन हुने गर्छ ।