काठमाडौं : सरकार युवाहरूसँग साझेदारी गर्दै समृद्ध नेपालको निर्माण गर्न अग्रसर रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन्। नेपाल युवा संजालले आयोजना गरेको युथ कोल्याबमा मन्त्री विष्टले यस्तो धारणा व्यक्त गरेका हुन्।
नेपालको राजनितिक परिवर्तनसगैँ युवाहरूलाई पनि परिचाल गर्दै समृद्ध नेपालको निर्माण गर्नुपर्ने उनको जोड थियो। 'युवाहरूको जोश, जाँगर र सम्भावनालाई सरकारले विशेष महत्व दिइरहेको छ', मन्त्री विष्टले भने, सामाजिक उद्यमशिलताको लागि परिरहेका युवाहरूसँग सरकार साझेदार बन्न तयार छ।' उनले भने।
मान्छेहरू आत्मकेन्द्रित बन्दै गएको र उनीहरू समाजकेन्द्रित हुनुपर्ने आजको आवश्यक हो। उद्यशीलता नाफा भन्दा समाजको उत्थानमा हुनुपर्ने मन्त्री विष्टले धारणा व्यक्त गरे।
नेपालमा सामाजिक उद्दमको अवस्था बुझ्नु, सामाजिक उद्यमशिलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसाय अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन नेपाल युवा संस्था संजालले भुमिका खेल्दै आएको छ।
कार्यक्रममा देश भरिका सातवटै प्रदेशबाट ७०० भन्दा बढी युवाहरूलाई तालिममा सहभागी गराइ उत्कृष्ट १० युवाहरूको प्रस्तुति हुने नेपाल युवा संजालका अध्यक्ष जगदिश एरले जाकारी दिए।
'युवा उद्यमीहरूको नेतृत्व विकास, सृजनाशिलता र सामाजिक उद्यमशिलता प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो', उनले भने, 'कार्यक्रमले दिगो विकासका लक्ष्य प्राप्तीमा योगदान गर्न युवा अभिप्रेरित गर्दछ' उनले भने। कार्यक्रम दुई दिनसम्म चल्नेछ।