बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बाँणिज्य बैंकमा सरकारले पुँजी बृद्धि गर्नै

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पुँजी वृद्धि प्रस्ताव गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक बर्षको बजेट मार्फत यस्तो घोषणा गरेका हुन । उनले सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराइने पनि बताए ।

सरकारले बजेटमार्फत ७ वटा ठूला सार्वजनिक उद्योगमा निजी क्षेत्रको सहभागिता बढाइने घोषणा गरेका छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.वाग्लेले यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले सञ्चालनमा रहेका केही सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई सहभागी गराइने बताए । सरकारले लामो समयदेखि घाटामा रहेका वा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योगलाई पुनर्संरचना गर्दै उत्पादन र व्यवस्थापनमा निजी क्षेत्रको प्रवेश गराउने नीति लिएको बताएको छ । यसलाई सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत अघि बढाइने अर्थमन्त्री वाग्लेले बताए ।

सार्वजनिक संस्थानको दक्षता बढाउने, लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र औद्योगिक उत्पादन विस्तार गर्ने उद्देश्यले यो व्यवस्था ल्याइएको उनले बताए । यस्तै सरकारले कम्तीमा ३ महिनाको इन्धन भन्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने पनि बताएको छ ।