बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चाडपर्वको अवसरमा बजाज इन्ट्रा सीटीले ल्यायो ‘दिमाग डामाडोल’

मंगलबार, भाद्र १० २०७६

काठमाडौं, भदौ १० । बजाज थ्री ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुला शचन्द एण्ड कम्पनी प्रा.लि.ले दशै, तिहार र छठको बिशेष योजना‘बजाज इन्ट्रासीटी दिमाग डामाडोल’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ । 

यो योजना अन्तर्गत बजाज आरइेमार्फत अधिक खुसी मिल्नेछ तथा ट्यागलाइन अनुसार बजाज आरइका ग्राहकहरुले अधि कफाइदाहरुका साथै फ्रिमा सामसङ्गको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ ।

यस स्किम मार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकहरुले कुनै पनि खरिदमा फ्रि मा ३२ इन्चसामसङ्ग टिभी पाउँनका साथै४० हजार किमी सम्म अथवा २ वर्ष सम्मको वारेन्टी, निशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि ए.एम.सी.पाउनेछन् ।

साथै बजाज आरईको खरिदमा ग्राहकहरुले २० लाखको जीवन बिमा र ५ लाखको स्वास्थ्य बिमा पाउनेछन् । हशंराज हुलाश चन्द एण्ड कम्पनीप्रा.लि.का निर्देशक अभिमन्यु गोल्छाले भने ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडपर्वले मानिसमा उत्साह, उमंग तथा आशा लिएर आएको हुन्छ ।

यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयास पनि हो । हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुसी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुसी छौ ।

हामी हाम्रा ग्राहकवर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्ने छौ । हामीलाई विश्वास छ हाम्रा बजाज आरईका ग्राहकहरु ३२ इन्चको सामसङ्ग टिभी फ्रि पाउँदा खुसीहुने छन् साथै यो अफरले उनीहरुको परिवारमा समेत पर्वको उत्साह छाउनेछ ।’