काठमाडौं । एनएमबि क्यापिटलले निष्कासन म्युचुअल फन्ड ’एनएमबि फिफ्टी’मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले गत साउन १३ गतेदेखि १० रुपैयाँ प्रति इकाई दरका १२ करोड इकाईको बिक्री खुला गरेको थियो ।
यो निष्कासनमा सोमबारसम्म एक अर्व १५ करोड रुपैयाँ बराबरको आवेदन परिसकेको एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले जानकारी दिए ।
प्रति इकाई १० रुपैयाँका दरले कम्तीमा १०० इकाईदेखि निष्कासित सबै इकाईमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यो योजनाले पहिलो वर्षनै ७.३६ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ ।
सातवर्षे बन्दमूखी योजनाको आकार एक अर्व २० करोड रुपैयाँ बराबरको छ। इकाई बाँडफाँड भएको मितिबाट सात वर्ष पुगेपछि परिपक्व हुनेछ ।