बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुमारी बैंकद्वारा कराते खेलाडी पुरस्कृत

मंगलबार, भाद्र १० २०७६

काठमाडौं भदौ, १०–
थाईल्याण्डमा सम्पन्न ओपन कराते प्रतियोगिता २०१९ मा जुनियर ४८–केजी वेट क्याटगोरीमा अन्र्तराष्ट्रिय खेल जगतमा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल खेलाडी सबिना श्रेष्ठलाई कुमारी बैंकले ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्रदान गरेको छ । 
खेलकुद मार्फत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कीर्तीमान कायम गर्न सफल उक्त खेलाडीलाई प्रोत्साहनको रूपमा सो पुरस्कार दिएको बैंकको भनाई छ । नेपाली युवाहरुको खेल जगतमा निरन्तर, उत्साहजनक सहभागिता निश्चित गराउन सो कदमले ठुलो भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । 
आफ्ना देशव्यापी १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको कुमारी बैंकले आगामी दिनहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका विविध क्षेत्रमा अझ प्रभावकारी एवं कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।