बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा पुनस्र्थापना

मंगलबार, भाद्र १० २०७६

काठमाडौं भदौ, १०–
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक लिमिटेड शान्तिपुर शाखा पुनस्र्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा समुद्घाटन गरे  ।

सो अवसरमा बैंक संचालक समितीका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैकिंग अभ्याससहित अघि बढिरहेको वताए ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले आफनो गाउँपालिकामा बैक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने वताउनुभयो ।  यसैगरी नेपाल बैंकको प्रादेशिक कार्यालय प्रदेश नं.५का प्रमुख पाशाङ दोर्जि शेर्पाले केही समयमै गुल्मीको तम्घास , अर्र्घाखाचिको सन्धिखर्क  लगायतका स्थानमा शाखा तथा गुल्मीको रिडीमा एक्सटेन्सन काउन्टर र शान्तिपुर शाखामा छिटै ए. टि.एम.सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए ।

नेपाल बैक लिमिटेड शान्तिपुर शाखाका शाखा प्रवन्धक सुर्य राज गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैकका तर्फबाट विन्दु कुवर घिमिरेले स्वागत मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा ने.वै.लि.प्रादेशिक कार्यालय प्रदेश नं.५ का सहायक प्रवन्धक रविन पौडेल, चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष राधिका अर्याल ,दिनेश नेपाल लगायतका वक्ताले बैक सेवाका विविध पक्षमा प्रकाश पारेका थिऐ ।

गुल्मी जिल्ला समन्वय समितीका सदस्यहरु,चन्द्रकोट तथा वरेङ गाउँपालिकाका पदाधिकारीहरु र स्थानीय जनसाधारणको भव्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय अधिकांश वक्ताहरुले स्थानीय जनताको लामो प्रयत्न पश्चात शाखा पुनस्थापना भएकोमा प्रशन्नता व्यक्त गर्दै बैकबाट ग्राहकमुखी  सेवाको अपेक्षा प्रकट गरेका थिए ।

स्मरण रहोस् उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ती सुरक्षाका कारण अन्यत्र गाभिएको थियो । नेपाल बैक लिमिटेडले देशका सातै प्रदेशका ६१ जिल्लामा १६३ शाखा २२ एक्सटेन्सन काउन्टर ८६ एटिएम सेवाविन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिग सेवा पुरयाईरहेको छ ।