काठमाडौं । पछिल्लो समय अवार्डको ब्यापकता निकै बढ्दो छ । नेपाली अवार्ड देशमा भन्दा पनि विदेशमा बढी हुने गरेको छ ।
अमेरीका, अष्ट्रेलिया, जापान, मलेसिया, थाईल्याण्ड, कतार लगायतका देशमा हुँदै आएको पाईन्छ । त्यसै क्रममा कतारको दोहा शहरमा ‘स्टार अर्न्तराष्ट्रिय म्यूजिक अवार्ड’ सम्पन्न भएको छ ।
यो अवार्ड केही दिनअघि मात्र सम्पन्न भएको थियो । उक्त अवार्डमा निर्देशक अशोक सुनारले पनि अवार्ड हात पार्न सफल भएका छन्।
उनले ‘कर्कलाको पात’ वोलको गीतबाट उत्कृष्ठ म्यूजिक विडियो निर्देशनको अवार्ड हात पारेका हुन् । सुनारले अवार्ड प्राप्त गरेको उक्त गीतमा अन्जान गौतमको शब्द तथा संगीत रहेको छ भने, अन्जान गौतम र देवी घर्ति सुमधुर स्वर रहेको छ ।
उक्त गीतको म्यूजिक भिडियोमा राज लामा, रेखा शाहा, सिम्रन पौडेल, दिलबाग अली र रोसन महर्जनले अभिनय गरेका छन् ।
गीत, संगीतमा लामो समयदेखि सक्रिय निर्देशक सुनारले अवार्डले आफूलाई निर्देशनमा थप जिम्मेवार र हौसला मिलेको बताएका छन् । सुनारले भर्खर निर्देशन गरेको चलचित्र ‘सेकेण्ड हैण्ड’ पनि चाँडै दर्शकसामु आउने बताए ।