बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको मूल्यको अर्को रेकर्डः पुनः बढ्यो मूल्य

सोमबार, भाद्र ९ २०७६

काठमाडौं । नेपाली बजारमा सुनले आजपनि नयाँ कीर्तीमान कायम गरेको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार तोलामा ७३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै यो बिन्दुमा आइपुगेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ हजारले बढेर ७३ हजार ५ सय पुगेको हो । 

यस्तै छापावाला सुन ७३ हजार २ सय कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ८ सय ६० रुपैंयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८ सय ५० रुपैयाँ कारोबार भएको छ ।