काठमाडौ, भदौ ८ । नेप्से झण्डै चार अंकले घटेको छ । नेप्से आज झण्डै चार अंक अर्थात तीन दसमलव ४५ अंकले घटेर १२ सय नौ दसमलव ६२ अंकमा झर्दा सेन्सिटिभ शुन्य दसमलव २७ अंकले घटेर दुुई सय ६३ दसलव ४३ अंकमा झरेको छ ।
आज एक सय ७१ कम्पनीहरुको छ हजार छ सय ३१ वटा कारोवारमा १२ लाख ७५ हजार छ सय २३ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ३५ करोड दुुई लाख ६९ हजार पाँच सय नौ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार भएकोमा होटल र उत्पादनमुुलक समुहको सुचक बढेर हरियो देखिपनि पनि बाँकी समुहको सुचक घटेर रातै देखिएको छ । सोही आधारमा बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ६६ अंकले घटेर एक हजार ९६ दसमलव २९ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक दुई दसमलव २१ अंकले घटेर १५ सय ८६ दसमलव ७६ अंकमा झरेको छ ।
जलबिद्युुत, निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, टे«डिङ, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन ।
कमाउने कम्पनीको सुचीमा आज सिर्जना फाईनान्स बित्तीय संस्था, सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी, युनिभर्सल पावर कम्पनी आदि परेकाछन ।
यसैगरी बढी रकम कारोवार गर्र्नेे कम्पनीहरुको सुचीमा भने आज छिमेक लघुबित्त बित्तीय संस्था, नेपाल बैंक आदि परेकाछन ।