काठमाडौं भदौ, ७–
टिभिएस मोटर कम्पनी, विश्वमै दुई पाङग्रे र तीनपाङग्रे सवारी साधनको प्रतिष्ठित निर्माताले आजलोकप्रिय स्टार स्वस्तिमा खड्का र प्रदीप खड्कालाई नेपालमाटिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर अनुमोदन गरेको छ । टिभिएस मोटर रनेपालकालागिटिभिएसको दुई पाङग्रे सवारी साधनको अधिकृत वितरक जगदम्बामोटर्स प्रा.लि.द्वारा ब्राण्ड एम्बेसेडरको घोषणा गरिएको छ ।
जेन जेडलाई लक्षित टिभिएस एनटर्क १२५ माविशेष प्रविधि प्लयाटफर्म टिभिएस स्मार्ट एक्सोनेट छ र यो नेपालमै पहिलो कनेक्टेड स्कुटर हो । यो टिभिएस रेसिङ पेडिग्रीमा आधारित भएर विकसितगरिएको छ र यसमा स्टेट–अफ–आर्ट सिभिटिआई रिभ ३ भल्भइन्जिन रहेको छ ।
यस सहकार्यको बारेमाआर दिलिप, एक्जुकेटिभ भाइस प्रेसिडेन्ट–इन्टरनेशनलबिजनेस अफ टिभिएस मोटर कम्पनीले भन्नुभयो, ‘हामीले अघिल्लो वर्ष नेपालको पहिलो स्पार्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सार्वजनिक गरेका थियौं र यो ब्राण्ड चाडैं नेपालमा सबैभन्दातीव्र गतीमा वृद्धि हुने स्कुटर ब्राण्ड बनेको छ । स्टार स्वस्तिमा र प्रदीप देशको युवा आकांक्षाको प्रतिकहुन र यस सहकार्यले हाम्रो ब्राण्डको दृश्यता बहुसंख्यक रुपमा बढ्नेछ ।’
जगदम्बा मोटर्स प्रा.लि का प्रबन्ध निर्देशक शाहिल अग्रवालले अनुमोदनको घोषणा गर्दै भने, ‘हाम्रो लोकप्रिय ब्राण्ड–टिभिएस एनटर्क १२५ मा मनोरञ्जन जगतका दुवै अग्रणी युवा आइकन स्वस्तिमा खड्का र प्रदीप खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । हामीले उनीहरुसँगको यात्रा अद्भुत रहने आशा गरेका छौं ।’
अभिनेत्री स्वस्तिमा खड्काले टिभिएससँग आवद्ध भएको अवसरमा भनिन्, ‘टिभिएस मोटर कम्पनीसँगको मेरो यात्रागत वषदेखि नै मजबुत भइरहेको छ । मेरो मनपर्ने सवारी टिभिएस एनटर्क १२५ को ब्राण्ड एम्बेसेडर हुन पाउँदा म अत्यन्तै प्रसन्न छु । अन्य स्कुटर भन्दा म यस स्कुटरको स्टाइलिस लुक र स्मार्ट विशेषता जस्तै नेभिगेशन एसिस्ट र कलर आईडी फंगशनले मोहित भएकी छुर यस सहकार्यका लागि उत्साहित छु ।’
यस सहकार्यका बारेमा प्रदीप खड्काले भने, ‘म स्पोर्टी स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ सँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छु । यो आखाँ लोभ्याउने नवयुवा स्कुटर हो र म यस ब्राण्डको स्मार्ट विशेषता र पर्फमेन्सको अनुभव लिन निकै उत्सुक भएको छु ।’ टिभिएस एनटर्क १२५ मा नयाँ जेनेरेशनको ईन्जिन, सिंगल सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर कुल इन्जिन रहेको छ । इन्जिनमा भएको थप भल्भहरुले प्रदर्शन उच्च बनाउन मद्दत गर्दछ र एक्जस्ट नोटमा साथप्रति घण्टा ९५ किलो मिटरको उच्च गति दिन्छ ।
स्कुटरमा टिभिएस स्मार्ट एक्सोनेट, ब्लुटुथ इनेबल्ड प्रविधि रहेको छ जुन एनटर्क मोबाइल एपसँग जोडिएको छ र गुगलप्ले स्टोरबाट सहजै डाउन लोड गर्न सकिन्छ ।
स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित भएर टिभिएस एनटर्क १२५ ले सार्प, सिग्नेचर टेल र एलईडी टेल ल्याम्प सहित एग्रेसिभ स्टाईललाई मुर्त रुप दिएको छ ।