बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहाडमा पनि डेंगु, डोटीमा एकको मृत्यु

शुक्रबार, भाद्र ६ २०७६

काठमाडौं । लामखुट्टेबाट सर्ने डेंगुको जोखिम पहाडी जिल्लामा पनि हुन थालेको छ ।  सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो ।

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेंगु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए ।

उनले भने, “लामो समयदेखि बिरामी भएकाले भाइरल ज्वरोको समस्या होला भन्नेमा थियौं, रोग निको नभएपछि कैलालीतर्फ लग्यौं, उपचार गर्दागर्दै मृत्यु भयो, चिकित्सकले डेंगु हो भनेपछि, हामी आश्चर्यचकित भयौं ।”