काठमाडौँ। प्रतिनिधिसभाको बैठकको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफललाई निरन्तरता दिने सम्भावित कार्यसूची रहेको छ ।
उक्त प्रस्तावमाथि सोमबारदेखि छलफल सुरु भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सम्पन्न भएपछि बुधबार बस्ने बैठकमा मन्त्री डा. वाग्लेले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरिएको छ ।
यसैगरी राष्ट्रियसभाको बैठकको बैठक पनि आज अपराह्न १ः१५ बजे बस्ने जनाइएको छ ।