बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री ओलीद्वारा गौरा पर्वको शुभकामना

शुक्रबार, भाद्र ६ २०७६

काठमाडौं भदौ, ६– प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्य निधि भएको बताएका छन् ।  गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले देशका विभिन्न भूभागमा बोलिने भाषा र विभिन्न क्षेत्रका संस्कृति, भेषभूषा, रितिरिवाज र संस्कारले विविधताबीच एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएको उल्लेख गरेका छन्  । 

‘हाम्रा चाड पर्व जीवन्तअन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण हुन्’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्  ‘सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसरहरुमध्येको एक गौरा पर्वले समस्त नेपाली दिदीवहिनी दाजुभाइहरुबीचको आपसी सद्भावलाई अझ मजवूत बनाउने विश्वास गर्दछु ।’

खासगरी कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा मनाइने विशेष हर्ष र उल्लासका साथ मनाइने गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा परिचित रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।