काठमाडौं । नेकपा एमालेको आज बस्ने तय भएको सचिवालय बैठक स्थगित गरिएको छ। पार्टीले बैठक अब सोमबार बस्ने गरी सारिएको जनाएको छ।
एमालेले आज सचिवालय बैठक आह्वान गरेको भए पनि जेठ ३ गते मनाइनेमदन आश्रित जयन्ती सम्बन्धी तयारी र विभिन्न कार्यक्रममा नेताहरू व्यस्त हुनुपर्ने भएकाले बैठक सारिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिएका छन्।
पार्टीका शीर्ष नेताहरू मदन–आश्रित स्मृति दिवसका कार्यक्रमको तयारीमा केन्द्रित हुने भएकाले बैठक सोमबारका लागि सारिएको एमालेले जनाएको छ।