काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएका छन्।
यसअघि गृह मन्त्रालय मातहत रहेको विभागलाई मन्त्रालयहरूको कार्यविभाजन पुनःसंरचना गर्ने क्रममा प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको हो।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले पनि राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत राखेका थिए। प्रधानमन्त्रीलाई थप शक्तिशाली बनाउने उद्देश्यसहित गरिएको उक्त निर्णयको त्यतिबेला व्यापक आलोचना भएको थियो।
पछि कुनै पनि सरकारले सो व्यवस्था परिवर्तन नगरे पनि निवर्तमान प्रधानमन्त्री सुशीला कार्की ले ती विभागहरूलाई सम्बन्धित मन्त्रालयमै फर्काएकी थिइन्। त्यसअनुसार राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा तथा सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत फर्किएका थिए।
हाल प्रधानमन्त्री बालेनले पुनः राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा ल्याएका हुन्।