मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

शुक्रबार, जेष्ठ १ २०८३

काठमाडौँ । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।

वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गुरुङ मन्त्री हुँदा तथा त्यसपछिका गतिविधिसँग सम्बन्धित विषयमा सत्यतथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहाल ले जानकारी दिइन्।

सरकारले गठन गरेको समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी रहेका छन्। समितिका सदस्यमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने रहेका छन्।

समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयमा अध्ययन तथा छानबिन गरी राय–सुझावसहित १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।