मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त, सभामुख अर्यालसमक्ष लिए शपथ

बिहिबार, बैशाख ३१ २०८३

काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारी ले पद तथा गोपनीयताको शपथ ग्रहण  गरे ।

सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा नवनियुक्त सचिव अधिकारीलाई शपथ गराएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा बुधबार अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका थिए ।

शपथ ग्रहणसँगै सचिव अधिकारीले आजैदेखि आफ्नो कार्यभार सम्हालेको संसद् सचिवालयले जनाएको छ ।