मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

राष्ट्रियसभाको बैठक सुरु

बिहिबार, बैशाख ३१ २०८३

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रपति रामचन्द्र पौडेल द्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची तय गरिएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसपछि नीति तथा कार्यक्रमलाई नै निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।

त्यसैगरी, अर्थमन्त्री स्वर्णिम वाग्ले ले ‘आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।