काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह को राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ।
प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव प्रस्तुत गर्न रोस्ट्रममा बोलाइएपछि विपक्षी दलहरूले विरोध जनाएका हुन्।
प्रधानमन्त्री शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायतका दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
यसक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई असक्षम भएको आरोप लगाउँदै राजीनामा माग गरे ।
उनले संसद बैठकमै “असक्षम प्रधानमन्त्री राजीनामा दे” भन्दै नाराबाजी गरेका थिए । त्यसपछि उनीलगायत श्रम संस्कृति पार्टीका सांसदहरु बाहिरिएका छन् ।