काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन नेपाली कांग्रेसले माग गरेको छ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद निश्कल राईले सभामुखसँग तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन आग्रह गरेका छन् ।
उनले संसदको गरिमा कायम राख्न प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए। राईले “सभाको इज्जत जोगाउन नसके सदनको गरिमा बढ्न सक्दैन” भन्दै प्रधानमन्त्रीलाई तत्काल सदनमा बोलाउन माग गरे ।
उनले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला प्रधानमन्त्री अनुपस्थित रहेकोप्रति असन्तुष्टि जनाए। यसअघि पनि प्रधानमन्त्रीको उपस्थिति माग गरिएको स्मरण गराउँदै उहाँले पटक–पटक सदनमा प्रधानमन्त्री नदेखिनु गम्भीर विषय भएको टिप्पणी गरे ।
सांसद राईका अनुसार अघिल्लो बैठकमा पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन माग गरिएको थियो। तर नीति तथा कार्यक्रममाथि प्रश्नोत्तर हुने आजको बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित रहेको भन्दै उनले आपत्ति जनाए।