मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री शाहले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने

बुधबार, बैशाख ३० २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन आज प्रतिनिधिसभा बैठकमा सहभागी नहुने भएका छन्।

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले सांसदहरूको प्रश्नको जवाफ दिने जानकारी अर्थमन्त्रीको सचिवालयले दिएको छ।

यसअघि संघीय संसद् सचिवालय ले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले नै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो।

प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र शाहले हालसम्म संसद्मा सम्बोधन गरेका छैनन्। नेपालको संसदीय इतिहासमा प्रधानमन्त्रीले संसद्मा सम्बोधन नगरेको घटना सम्भवतः पहिलो पटक भएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।