बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री शाहले आज संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

बुधबार, बैशाख ३० २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गते प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको छ।

यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाउने प्रस्तावसमेत प्रस्तुत गर्नेछन्।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूबाट दर्ता भएका संशोधन प्रस्ताव प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १२ः१५ बजे बस्नेछ। उक्त बैठकमा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।