काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । उनीहरुबीच के के विषयमा भेटवार्ता भएकाे नखुलाइएकाे भएपनि प्रधानमन्त्री बालेन शाहले हिजोको संसद बैठकमा संसदीय मर्यादा विपरीत व्यवहार देखाएको विषयले यति बेला चर्चा पाएको छ ।