बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संविधान संशोधन कार्यदलले आज सञ्चारकर्मीसँग छलफल गर्ने

सोमबार, बैशाख २८ २०८३

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज सञ्चारकर्मीहरुसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री वालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न सञ्चारमाध्यममा आबद्ध वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीसँग आज दिउँसो ४ बजे परामर्श तथा अन्तरक्रिया गर्न लागेको हो ।

कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरुबाट संविधान संशोधनसम्बन्धी आवश्यक सुझाव सङ्कलन गरिने जानकारी दिए ।