बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिस कार्यक्षमता र योग्यताका आधारमा : उपसभामुख

आइतबार, बैशाख २७ २०८३

काठमाडौँ । उपसभामुख रुवी कुमारी ठाकुरले प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिस कार्यक्षमता र योग्यताका आधारमा भएको बताएकी छन् ।

सामाजिक सञ्जालमा च्याट जीपीटीको स्क्रिनसटसहित स्टाटस सार्वजनिक गर्दै उनले न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि गुनासो रहँदै आएको उल्लेख गरेकी हुन् ।

“हाम्रो मुद्दा यति वर्ष लगाइयो, उति वर्ष लगाइयो भन्ने जनगुनासो न्याय प्रणालीका लागि गम्भीर विषय हो,” उनले उल्लेख गरेकी छन् ।

उपसभामुख ठाकुरले नियुक्ति कार्यक्षमता र योग्यताका आधारमा नभई दल वा पार्टीको प्रभावमा हुँदा त्यसको परिणाम पनि त्यहीअनुसार देखिने टिप्पणी गरेकी छन् ।

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको उल्लेख गर्दै उनले यसमा कुनै “किन्तु–परन्तु” आवश्यक नरहेको बताएकी छन् ।

उनले राज्यका सबै अंग देश, जनता र राज्यको हितका लागि काम गर्नुपर्ने उल्लेख गर्दै संविधान, कानुन र जनहितलाई सर्वोपरि राख्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत् उनले निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको वास्तविक आधार भएको उल्लेख गर्दै साथ, सहयोग र समर्थनका लागि सबैप्रति धन्यवादसमेत व्यक्त गरेकी छन् ।