नेपालगन्ज । बाँकेमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका–६ स्थित उढरापुरको भित्री सडकमा बा प्र ००१–०३० च २८५१ नम्बरको कारले ठक्कर दिँदा स्थानीय दुई वर्षीय अरहान अहमद जोलाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा संलग्न कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।