काठमाडौं । नेप्से फेरिपनि ओरालो गतिमा गएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार फेरि आठ दसमलव ४३ अंकले घटेर १२ सय १३ दसमलव ६३ अंकमा झर्दा सेन्सिटिभ पनि एक दसमलव ७६ अंकले घटेर दुुई सय ६३ दसमलव १९ अंकमा झरेको छ ।
आज एक सय ६५ कम्पनीहरुको छ हजार तीन सय १८ वटा कारोवारमा ११ लाख ७७ हजार छ सय ४७ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम २७ करोड ३५ लाख आठ हजार सात सय ८५ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुुंदा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन । तिम मध्ये पनि टे«डिङ र सामुुहिक लगानी कोष समुुहले कमाएपनि बाँकी १० वटा समुहले गुमाएकाछन ।
आज बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ८३ अंकले घटेर एक हजार ९८ दसमलव ७० अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक सात दसमलव चार अंकले घटेर १५ सय ९३ दसमलव ६८ अंकमा पुुगेको छ ।
जलबिद्युुत, लघुुबित्त, निर्जिन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।
कमाउने कम्पनीहरुको सुचीमा आज बिशाल बजार कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी, दिव्येश्वरी हाईड्रो पावर कम्पनी आदि परेकाछन ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज सोल्टी होटल लिमिटेड, रसुुवागढी हाईड्रो पावर कम्पनी आदि परेकाछन ।