मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीलाई बिदाइ

शनिबार, बैशाख २६ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई आज बिदाइ गरे ।

बिदाइ कार्यक्रममा उनीहरूले नेपाल–साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। साथै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित र मङ्गलमय यात्राको शुभकामना दिए।

उनीहरूले हज इस्लाम धर्मावलम्बीहरूको आस्था, अनुशासन र आध्यात्मिक एकताको महत्वपूर्ण प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।