बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

शुक्रबार, बैशाख २५ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो। बैठकका एजेण्डाबारे खुलाइएकाे छैन ।

हिजो संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई नयाँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेपछि सो विषयले राजनीतिक तथा न्यायिक वृत्तमा चर्चा पाएको छ।

सिफारिस सूचीमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ, डा. नहकुल सुवेदी र डा. मनोजकुमार शर्मा रहेका थिए।

तर परिषद्ले वरीयतामा चौथो स्थानमा रहेका डा. शर्मालाई अघि सारेपछि वरिष्ठताको अभ्यास मिचिएको भन्दै न्यायालयभित्र नयाँ बहस सुरु भएको छ।

हालसम्म प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको रोलक्रमलाई मुख्य आधार मानिँदै आएको अभ्यास भए पनि यसपटकको सिफारिसले त्यस परम्परामा प्रश्न उठाएको छ।