मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आठ विश्वविद्यालयका उपकुलपति पदका लागि दरखास्त आह्वान

शुक्रबार, बैशाख २५ २०८३

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।

समितिले देशका आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति पद पूर्तिका लागि आवेदन माग गरेको हो।

दरखास्त आह्वान गरिएका विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय रहेका छन्।

समितिले उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ।

सम्बन्धित पदमा इच्छुक योग्य व्यक्तिहरूलाई तोकिएको प्रक्रिया अनुसार आवेदन दिन आह्वान गरिएको छ।