खोटाङ । खोटाङमा बुधबार करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु भएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर मृत्यु भएको हो। स्थानीय अनुसार गाउँमा विद्युत् अवरुद्ध भएपछि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा उनलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिएका छन्।
त्यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको छ। बाढीले अवरुद्ध गरेको खानेपानी मुहान सफा गर्न गएका बेला उनी भीरबाट लडेको स्थानीयले बताएका छन्। वडाध्यक्ष कमल गिरीका अनुसार घटनाबारे थप प्रक्रिया अघि बढाइएको छ।