बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काे बन्ला भावी प्रधानन्यायाधीश ?

बिहिबार, बैशाख २४ २०८३

काठमाडौं। प्रधान न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउन संवैधानिक परिषद्को बैठक आज बिहीबार बेलुका ५ बजे बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह को अध्यक्षतामा बस्ने बैठकमा भावी प्रधान न्यायाधीशको नाम सिफारिस गर्ने मुख्य कार्यसूची रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को गणपूरक सङ्ख्या तथा निर्णय प्रक्रियासम्बन्धी कानुनी जटिलता हटेको थियो। त्यसपछि प्रधानमन्त्री शाहले परिषद् बैठक आह्वान गरेका हुन्।

संवैधानिक व्यवस्थाअनुसार परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहनेछन् भने सदस्यमा प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेता रहने प्रावधान छ। प्रधान न्यायाधीश सिफारिसका विषयमा भने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने व्यवस्था छ।

भावी प्रधान न्यायाधीशको नामबारे विभिन्न राजनीतिक तथा कानुनी वृत्तमा चर्चा चलिरहेका बेला परिषद् बैठकलाई महत्वका साथ हेरिएको छ।

परिषद्ले गर्ने सिफारिस संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।