काठमाडौ । नेपाल राष्ट्र बैंकले नौं अर्ब ५३ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले मंगलबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बैंकको बिभिन्न कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि लगानीको अवधि मे १८, २०२६ देखि मे १८, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख २४ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि सात अर्ब ६३ करोड १० लाख, बिकास बैंकहरुको लागि एक अर्ब ४३ करोड आठ लाख र फाईनान्स कम्पीहरुको लागि ४७ करोड ६९ लाख रुपैंयाँ छुट्याईएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको छ ।