मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद्को बैठक

बुधबार, बैशाख २३ २०८३

काठमाडाै‌ ।  प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बिहीबार साँझका लागि बैठक बोलाएका हुन् ।

सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त लगायतका संवैधानिक पदाधिकारी पद रिक्त छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ। समावेशी आयोगमा अध्यक्षसहित एक सदस्य पद खाली रहेको छ भने महिला आयोगमा पनि एक पद रिक्त छ। साथै मुस्लिम आयोग र थारू आयोगमा पनि पदाधिकारी पदहरू खाली रहेका छन्।

संवैधानिक व्यवस्था अनुसार नियुक्तिका लागि सरकारले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी प्रावधान रहेको छ।