बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्यान वितरणमा समस्या, ह्वात्तै सेवाग्राही

मंगलबार, भाद्र ३ २०७६

काठमाडौं । प्यान कार्ड वितरणमा समस्या देखिएको छ । एकातर्फ प्यानको प्रभावकारीता र कार्यान्वयन पक्ष के हुने भन्ने सवाल त छँदैछ पहिलो कुरा त यहाँ प्यान वितरणमै समस्या देखिएको छ ।

घण्टौँ लाइन बसेर फर्म बुझाउँदा पनि कार्ड पाउन मुस्किल परिरहेको छ । एउटै कार्डका लागि सेवाग्राहीले ६–७ दिनसम्म कुर्नु परिरहेको छ ।

आइतबार हामी ललिपुर कर कार्यालय पुग्दा सेवाग्राहीहरु असिन पसिन गरेर प्यानका लागि कुरिरहेका थिए । फर्म बोकेर बसेकाहरु त छोडौँ, फर्म बुझाइसकेकाहरुको समेत सन्तुष्ठ थिएनन् ।

कारण प्यान कार्डका लागि अर्को हप्ता आउन कर्मचारीले भनिरहेका थिए । सरकारी काममा सधैँ सर्वसाधारणलाई अनावश्यक दुःख दिइन्छ ।’

यो समस्या ललितपुर जिल्लाको मात्र होइन अहिले देशका अधिकांश कर कार्यालयहरुको साझा समस्या हो । प्यान कै लागि कर कार्यालय जाने सेवाग्राहीहरुले अनावश्यक झन्झट र दुःख भोगिरहेका छन् ।

त्यसमाथि अनलाइन फर्म भरेर मात्र प्यान लिन पाउने व्यवस्थाले सेवाग्राही थप अन्योल बनेका छन् । यता, कर कार्यालयका अधिकृत लाल बहादुर खत्री प्रयाप्त कर्मचारीको अभावमा प्यान वितरणमा समस्या आएको बताउँछन् ।

 

‘पहिले सामान्य दैनिक १०–१५ वटा मात्र व्यक्तिगत प्यानका लागि माग आउथ्यो । अहिले दिनमै दुई–तीन हजारको आउँछ । तर हामीसँग भएको मेनपावर उति नै हो ।’

उनले भने, ‘अझ हामीले हामीसँग भएका कर्मचारीलाई प्यानकै क्षेत्रमा व्यवस्थापन गराएका छौं । ह्वात्तै एक्कै पटक सेवाग्राहीको फ्लो हुँदा केहि समस्या आएको हो । प्राविधिक कुरा हुँदा केहि समय लाग्छ, त्यसका लागि कसरी हुन्छ छिटो र छरितो बनाउन सकिन्छ हामी लागि रहेकै छौँ ।’

 

खत्रीका अनुसार सेवाग्राहीकै कारण पनि यस्तो समस्या आइरहेको छ । व्यक्तिगत प्यानको नीति ७–८ वर्ष अघि देखिनै कार्यान्वयनमा आएपनि भर्खर मात्र सरकारले अनिवार्य गरेपछि मात्र प्यान लिन आइरहेका छन् ।

यसले कामको चाप स्वतः बढ्न गई छिटो प्यान वितरणमा समस्या आएको छ । प्यानलाई अनिवार्य गरेसँगै कर कार्यालहरुमा आएको चापलाई व्यवस्थापन गर्न सरकारले पनि कर्मचारीको उचित व्यवस्थापन गर्नुपथ्र्यो । तर त्यसो हुन सकिरहेको छैन ।

जति पहिलेको कर्मचारी थियो तिनैलाई कार्यभार थपिएको छ । यसले कर्मचारीमा बोध थपिएको र नैराष्यता छाएको प्रस्ट देखिन्छ ।