मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

आज पाँच प्रदेशमा वर्षा र चट्याङको सम्भावना

बुधबार, बैशाख २३ २०८३

काठमाडौँ । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहनुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेको छ। यसका कारण देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली छ भने तराईका धेरै ठाउँमा आंशिक बदली देखिएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

राति पनि कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्छ।

मौसममा आउने यस परिवर्तनका कारण मेघगर्जन, चट्याङ र वर्षाबाट सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।