काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत निर्वाचन प्रक्रिया आज केहीबेरमै सुरु हुने भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
निर्वाचन अघि उम्मेदवारहरू अन्तिम चरणको प्रचारप्रसारमा व्यस्त देखिएका छन्। उनीहरू प्रतिनिधिहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा मत मागिरहेका छन्। प्रज्ञा भवन परिसरमा उम्मेदवार र प्रतिनिधिहरूको चहलपहल उल्लेख्य देखिएको छ।
महासङ्घको नयाँ नेतृत्व चयनका लागि हुने यस निर्वाचनलाई निजी क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ। निर्वाचनमार्फत अध्यक्षसहित विभिन्न पदाधिकारी चयन गरिनेछ।