बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिभिलको संस्थापक १३ लाख कित्ता लिलामीमा, कम्तिमा १० हजार कित्तामा बोली लगाउनु पर्ने

सोमबार, भाद्र २ २०७६

काठमाडौं । सिभिल बैंकको झण्डै १३ लाख कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुल्ला भएको छ। बैंकले भदौ २ गते सोमबारदेखि १ सय रुपैयाँ आंकित दरका १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक शेयर बोलकबोल मार्फत बिक्री खुल्ला गरेको हो । 

बैंकको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार उक्त शेयर एकै जनाको नभई संयुक्त रहेको क्यापिटलले जनाएको छ । सिभिल बैंकको ५ जना संस्थापकहरुले उक्त परिमाणको शेयर बिक्री गर्न लागेका हुन् ।

संस्थापक शेयरधनीहरुले दिएको निवेदनका आधारमा क्यापिटलले एकैपटक उक्त शेयरमा बोलकबोल खुला गरेको जनाएको छ ।

बैंकको लिलामी शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य सर्वसाधारण, कम्पनी, संघ, संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।

शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले लिलामी शेयरमा सिभिल क्यापिटल मार्केट मार्फत भदौ १६ गतेसम्म प्रतिशपर्धात्मक आवेदन दिन सक्नेछन्।

बोलकबोलमा न्यूनतम एक सय रुपैयाँदेखि बढाबढ गरि प्रतिप्रस्र्धात्मक मूल्यमा आवेदन गर्न सकिन्छ । बढी मूल्य कबुल गरी पेश गरिएको शिलबन्दी बोलपत्रलाई बढी प्राथामिकता दिइने छ।

बैंकको लिलामी शेयरमा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ ।