काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछोनका समर्थकहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीसँग झडप भएको छ ।
चितवन जिल्ला प्रशासनले निर्धारण गरेको निषेधित क्षेत्र प्रदर्शनकारीहरुले तोडेका थिए । झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टेलिभिजन प्रस्तोता लामिछानेलाई प्रहरीले आत्महत्या दूरुत्साहनको प्रकरणमा गत बुधबार नियन्त्रणमा लिएर राखेको छ ।