मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

भारत सरकारको पछिल्लो वक्तव्य र सुकुम्बासी बस्ती हटाउने विषयमा हर्क साम्पाङको आपत्ति

सोमबार, बैशाख २१ २०८३

काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष एवं सासद हर्क साम्पाङले लिपुलेकबारे भारत सरकारको पछिल्लो वक्तव्यप्रति आपत्ति जनाएका छन्। उनले लिपुलेक नेपाली भूमि भएको दाबी गर्दै भारतको टिप्पणी अस्वीकार्य रहेको बताएका छन्।

सोमबार काठमाडौंको थापाथलीस्थित हटाइएको सुकुम्बासी बस्ती अवलोकनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाल को भू–भागबारे सन् १८१६ को सुगौली सन्धि ले स्पष्ट रूपमा प्रष्ट पारेको दाबी गरे। उनका अनुसार उक्त सन्धिले लिपुलेक नेपालको भूभाग भएको प्रमाणित गर्छ।

भारतको विदेश मन्त्रालयले लिपुलेकसम्बन्धी नेपालको दाबीलाई अस्वीकार गर्दै त्यसलाई ऐतिहासिक तथ्यमा आधारित नभएको टिप्पणी गरेको थियो। त्यसप्रति प्रतिक्रिया दिँदै राईले भारतले विगतदेखि नै यस्ता दाबी गर्दै आएको भन्दै असन्तुष्टि जनाए।

यसै क्रममा उनले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापन गरेको विषयमा पनि विरोध जनाउँदै पीडितको अवस्था बुझेर मात्र कदम चाल्नुपर्ने बताए। उनले आफ्नो पार्टीले देशभर आन्दोलन चर्काउने चेतावनी दिँदै प्रभावित बस्तीको अनुगमन सुरु गरेको जानकारी दिए।