मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

चट्याङ लागेर वृद्धको मृत्यु

सोमबार, बैशाख २१ २०८३

बाजुरा। बूढीनन्दा नगरपालिका मा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।

नैना बुढा (७३) को चट्याङ लागेर आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा ले जनाएको छ। प्रहरीका अनुसार बूढीनन्दा–३ डोगडावाडा निवासी बुढा पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका थिए।

घाइते अवस्थामै उनलाई उपचारका लागि आधारभूत अस्पताल कोल्टी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।